भिजिट भिसा प्रकरणमा सरकार गम्भिर हुनुपर्छः सांसद सुवाल


काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीजस्तो गम्भीर अपराधको समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सुवालले दोषी उम्कन नहुने भन्दै यस विषयमा निष्पक्ष छानविनको माग गरेका हुन् ।

उनले भिजिट भिसा प्रकरणमा सबै पार्टीका गृहमन्त्री जोडिएको हुनाले सत्तापक्ष र प्रतिपक्ष छानविनका लागि तयार नभएको हुनसक्ने आशंका पनि व्यक्त गरे ।

उनले भिजिट भिसा लगायतका मुलुकमा विद्यमान समस्याको समाधानका लागि जनता जागरुक हुनुको विकल्प नरहेको पनि बताए । सरकारले संसदमा विपक्षीलाई पेलेर अघि बढ्ने कार्य सोभनीय नभएको समेत उनको टिप्पणी छ ।