हुण्डी कारोबारमा संलग्न दुई डिजिटल वालेटको अनुमतिपत्र खारेज


काठमाडौँ । नेपाल राष्ट्र बैंकले हुण्डी कारोबारमा संलग्न रहेका दुई ओटा वालेट कम्पनीहरुको अनुमतिपत्र खारेज गरेको छ ।

राष्ट्र बैंकको को २०८२ असार ५ गते बसेको सञ्चालक समितिको बैठकले पेवेल नेपाल प्रा.लिं. र सजिलो पे पेमेन्ट सर्भिसेजको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो ।

यी दुई कम्पनीहरुले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रीङ) निवारण ऐन २०६४ का विभिन्न प्रावधानहरुको उल्लंघन गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले भुक्तानी फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड च को व्यवस्था अनुसार अनुमति पत्र खारेज गरेको जनाएको छ ।