आइतबार नेप्से ३२ अंकले घट्यो


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार दोर्दी खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनकिो ७५ करोड ७३ लाख ९७ हजार बढीको कारोबार भएको छ ।

आजको दिन जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ अंकले बढेको छ ।
त्यस्तै आज पियोर इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सकिृट लागेको छ ।

कुल ३१० कम्पनीको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।