काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का नेता माधव सापकोटाले मुलुकमा सबैभन्दा ठूलो खाँचो सिस्टमको भएको बताएका छन् ।
आइतवार ललतिपुरमा आयोजित सद्गमय सिजन–२ समापन समारोहमा बोल्दै उनले सार्वजनिक यातायातदेखि अस्पतालदेखि सिंहदरबारभित्रै विभिन्न जटिलता, समस्या र चुनौतीहरूको रहेको बताउँदै मुलुकमा सिस्टमको खाँचो रहेको बताएका हुन् ।
उनले विदेशी राष्ट्रहरूले गरेका प्रगति र उन्नतिसँग तुलना गर्दा धेरै निराश हुनुपर्ने स्थिति नरहे पनि सिस्टम भने नभएको जिकिर गरे ।
उनले एउटा नागरिकले सहजतापूर्वक अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था बनाउन नसकिएको बताए । उनले नेपालमा केही नभएको भन्ने बुझाइ गलत भएको बताउँदै पछिल्लो १० वर्षको अवधिको पूर्वाधार निर्माणदेखि मानव विकास सूचकाङ्कसम्म हेरेको खण्डमा फरक पाउने बताए ।
उनले कसरी विधिमा बस्ने र विधिको विकासलाई संस्थागत गराउने विषयमा बहस हुनु जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्