काठमाडाैँ । अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानी आणविक केन्द्रहरू विरुद्ध अमेरिकी सैन्य हमलाहरूले इरानको आणविक महत्वाकांक्षालाई ध्वस्त पारेको बताएका छन् ।
आणविक केन्द्रहरू विरुद्ध आक्रमण गरेको भएपनि इरानी सेना वा जनतालाई लक्षित नगरेको बताए । हेगसेथले पेन्टागनद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।
राष्ट्रपति ट्रम्पको आदेशमा अमेरिकी केन्द्रिय कमाण्डले मध्यरातमा इरानको आणविक कार्यक्रमलाई नष्ट गर्न वा गम्भीर रूपमा कमजोर बनाउन इरानका तीन आणविक केन्द्रहरू-फोर्डो, नातान्ज र इस्फहान – विरुद्ध सटीक हमलाहरू गरेको उनको भनाइ छ ।
इरानी नेताहरूलाई थप आक्रमणहरूबाट बच्न शान्ति खोज्न आग्रह गरे । इरानी आणविक कार्यक्रमलाई ध्वस्त पारेको बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति खोज्नुभएको उनको भनाइ छ । इरानले त्यो बाटो अपनाउनु पर्ने उहाँको जिकिर छ । यो मिसन शासन परिवर्तनको बारेमा नभएको उनको भनाइ छ ।
अपरेशन मिडनाइट नामक अपरेशनमा अमेरिकी हमलाहरूमा १४ बंकर–बस्टर बम, दुई दर्जन भन्दा बढी टोमाहक मिसाइल र १२५ भन्दा बढी सैन्य विमानहरू समावेश थिए ।
इरानी राष्ट्रपति मसूद पेजेश्कियानले तीन इरानी आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा गर्दै यो आक्रामकताले संयुक्त राज्य अमेरिका इस्लामिक गणतन्त्र इरान विरुद्ध जियोनिस्ट शासनको शत्रुतापूर्ण कार्यहरू भएको बताए ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले कूटनीतिको समय बितिसकेको र देशलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताए ।अमेरिकाले धेरै ठूलो गल्ती गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्