सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो


काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको हो ।

योसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । हिजो सोमबार सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।