दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्छः प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताएका छन् ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा उनले दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताए । यसको परीक्षण उत्पादन मंसिरभित्रमा सम्पन्न हुने र यसको सदुपयोग पनि गरिने जानकारी दिए । 

प्रधानमन्त्री ओलीले भने, “दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने काम थालेका थियौँ, सफल भएको छ । यसको परीक्षण उत्पादन मंसिरभित्रमा हुनेछ । यसको व्यवसायिक उत्पान सम्भवतः आगामी आर्थिक वर्षभित्र भइसक्नेछ । सदुपयोग पनि गरिनेछ । “