काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरु पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागि नहुने बताएका छन्।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक परियारले आफूहरुको आन्दोलन यथावत रहेको बताएका हुन। उनले भिजिट भिसा जस्तो गम्भिर मुद्दालाई सरकारले पन्छाउन खोजेको समेत आरोप लगाए ।
“अर्को संसद बैठक असार १४ गतेको रहेको उल्लेख गर्दै त्यतिबेलासम्म पार्टीको मुद्दालाई थप स्थापित गर्न आवश्यक कार्यहरु गर्ने बताए। ‘हामीले आज सदन बहिस्कार गर्यौं । हाम्रो आन्दोलन यथावत छ । अब असार १४ गते सदन छ । त्यो समयसम्म हामी यो मुद्दालाई थप स्थापित बनाउनको लागि के कस्ता कामहरु गर्नुपर्छ त्यो गर्छौं । हाम्रो आन्दोलन चाँही यथावत छ,” उनले भने, “यस्तो गम्भिर मुद्दालाई सरकारले जसरी पन्छाउन खोजेको छ त्यो बन्द होस् । हाम्रो माग पूरा भयो भने हामी संसदीय प्रक्रियामा फर्किहाल्छौँ ।”
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिलाई रास्वपाले अस्विकार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्