प्रतितोला १५ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार एक हजार ५०० रुपैयाँले घटेर एक लाख ९२ हजार रुपैयाँममा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर २ हजार १४० रुपैयाँ कायम भएको छ ।