इजरायल र इरानबीचको हालैको द्वन्द्वका कारण भएको अवरोधपछि इजिप्टले शुक्रबारबाट धेरै कारखानाहरूमा प्राकृतिक ग्यास आपूर्ति पुनः शुरु गर्ने प्रधानमन्त्री मोस्तफा मादबोलीले बताएका छन् ।
शुक्रवार बिहानदेखि ग्यास आपूर्तिको अभावका कारण विगतका दिनहरूमा रोकिएका धेरै कारखानाहरूमा ग्यास पम्पिङ पुनः सुरु हुने उहाँको भनाइ छ । उत्तरी तटीय शहर न्यु अलामेनमा आयोजित साप्ताहिक मन्त्रिपरिषद् बैठकमा यस्तो बताएका हुन् ।
उनले इजिप्टको वृहत आर्थिक र सामाजिक विकास लक्ष्यहरू अनुरूप देशको औद्योगिक क्षेत्रलाई सञ्चालनमा राख्न आवश्यक पर्ने ऊर्जा आपूर्ति सुरक्षित गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
द्वन्द्वको समयमा इजिप्टले आपतकालीन योजना सक्रिय ग¥यो । जसमा केही कारखानाहरूमा ग्यास कटौती गर्ने र बिजुली उत्पादन कायम राख्न पावर स्टेशनहरूलाई इन्धन तेल र डिजेलमा स्विच गर्ने समावेश थियो ।
जुन १३ मा इजरायलले इरानी आणविक र रणनीतिक स्थलहरूलाई लक्षित गरी ठूलो मात्रामा हवाई आक्रमण गरेपछि इजरायल–इरान द्वन्द्व सुरु भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्