बिहीबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ९२ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ३०० रुपैयाँले बढेर एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर २ हजार १७५ रुपैयाँ कायम भएको छ ।