काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बिहीबार बुटबल पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ कम्पनीको ६२ करोड ५२ लाख बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.१८ प्रतिशतले बढेको छ ।
कुल ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार २१० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्