काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बैठक सुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै उपनिर्वाचनबारे पनि समीक्षा हुने बताइएको छ ।
पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भइ अदालतले ३५ लाख धरौटीमा रिहा गरेको विषयमा पनि पार्टीमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्