काठमाडौँ । हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाले गणित विषय विद्यार्थीहरूका लागि सबैभन्दा ठूलो चुनौती बनेको देखिएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष गणितमा मात्रै १ लाख २८ हजार २१५ जना विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन् ।
त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली थ्योरीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र अप्सनल म्याथमा १८ हजार २२२ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
प्रतिक्रिया दिनुहोस्