राज्य आफैं अनौपचारिक अर्थतन्त्रको उत्पादनकर्ता बनेको छः महासचिव पोखरेल


काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राज्य आफैं अनौपचारिक अर्थतन्त्रको उत्पादनकर्ता बनेको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित ‘जनताको बहुदलीय जनवादको आलोकमा सामाजिक सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पाखरेलले यस्तो टिप्पणी गरेका हुन् । मुलुकलाई आर्थिक रुपमा सबल नभएसम्म सामाजिक सुरक्षालाई प्रभावकारी कार्यान्वयन गर्न नसकिने उनको भनाइ छ ।

महासचिव पोखरेलले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सम्पूर्ण आर्थिक क्रियाकलापलाई डिजिटलाइज गर्न आवश्यक रहेको पनि बताए ।

उनले विद्युतीय कारोबारप्रति संगठित क्षेत्र नै अनिच्छुक देखिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । उनले औपचारिक प्रक्रियामा नागरिकहरूको उदासीनता र राज्यको प्रभावकारी हस्तक्षेपको अभावका कारण देश पछाडि परेको पनि उल्लेख गरे ।

महासचिव पोखरेलले सामाजिक सुरक्षाका कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन सरकार लागिपरेको पनि जिकिर गरे ।