उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसदमा आन्दोलन जारी रहन्छः रास्वपा


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध कायमै राख्ने बताएको छ । शनिवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टीका सांसद हरिप्रसाद ढकालले सदन अवरुद्ध कायमै रहने बताए । उनले सरकारले बनाएको छानविन समिति झारो टार्ने र मुद्दा ओझेल पार्न बनाइएको समिति भएको आरोप लगाए।

आफूहरूको माग उच्चस्तरीय छानविन समिति भएको र उच्चस्तरीय छानविन समिति नबनेसम्म आन्दोलन गरिरहने चेतावनी दिए।

मस्या सुल्झाउने गरी र उच्चस्तरीय आयोग नबनेसम्म आन्दोलन कायम रहने बताए । सांसद ढकालले यति लामो समयसम्म रास्वपाको मागको बारेमा सम्बोधन नगरेकाले सदनमा आन्दोलन जारी रहने बताए ।