काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिएकी छन् ।
प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन्। उनले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गरिन्।
उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भएपनि चम्मु बाठो पाएको जिकिर गरिन् ।
उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानविन समिति गठन गरेको आरोप लगाइन् । उनले गृहमन्त्रीले तत्काल राजीनामा माग गरिन् ।
प्रतिक्रिया दिनुहोस्