काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भुतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरूको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता बोलाउनज माग गरेका छन् ।
प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले सरकारले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरूलाई भुतपूर्व मन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरू, कतिपय व्यापारीहरूको सुरक्षामा खटाएको बताए । ऐन, कानून विपरित खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन माग गरे ।
“यतिबेला सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरूलाई भुतपूर्व मन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरु, कतिपय व्यापारीहरूको सुरक्षामा खटाएको छ । ऐन, कानून विपरित त्यसरी सुरक्षाकर्मीहरुलाई खटाउने कुरा निश्चित रुपमा गम्भीर छ, बेठिक छ । ति सुरक्षाकर्मीहरू कुन कुन व्यक्तिका लागि खटाइएको छ, गृहमन्त्रीले यो सदनमा जानकारी गराउनु पर्छ । र तुरुन्तै त्यसरी खटाइएका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्छ,”उनले भने ।
सांसद ज्वालाले कसको कसको सुरक्षामा कति सुरक्षाकर्मी खटाइएको छ भन्नेकुरा सदनमा गृहमन्त्रीले जानकारी गराउनुपर्ने माग गरे ।
प्रतिक्रिया दिनुहोस्