काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेलमाथी संशय व्यक्त गरेका छन् ।
आइतबारको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै सांसद शर्माले प्रस्तावित न्यायाधीश पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै प्रश्न गरेका हुन् ।
केही समय अघिसम्म नेपाल बारको अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने बताए । बार स्वतन्त्र हुनुपर्ने भएपनि नेपालको बार राजनीतिक पक्षधर रहेको जिकिर गर्दै शर्माले बार राजनीतिक धारसँग कुनै न कुनै हिसावले जोडिएको बताए ।
सांसद शर्माले भने, ‘मैले बुझेको बार भनेको राजनीतिक धारासँग जोडिएर प्रतिष्पर्धा हुने गरेको संस्था हो । स्वतन्त्र बार देखिरहेको छैन । हुनुपर्ने त स्वतन्त्र थियो । त्यसभित्र राजनीतिक पक्षधरताको कुरा छ । राजनीतिक पक्षधरताबाट टर्मिनेट भएको कुरा भन्नुभएको छ तर साँच्चि नै निष्पक्ष हुन्छ त रु यो प्रश्न उठ्न सक्छ । कतिपय मुद्दाहरु सुनुवाई नै नगरिदिने भयो । सुनुवाई गर्दा न्याय गर्नेले न्याय पाउँछ, ढिलो गर्दा न्याय हुन्छ त रु यो कर्तव्य हो त रु यि व्यवहार छन् ।’
सांसद शर्माले मुद्दाको सुनुवाई ढिलो गर्दा न्याय हुन्छ ? भन्दै प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस्