काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता रहेपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ६३ दिनको लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
यसको साँवाब्याज राष्ट्र बैंकले २०८२ भदौ १५ गते भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणका बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्