काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये एउटा उपसमुह बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ ।
आइतबार साहस उर्जाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५७ करोड ८६ हजार बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
कुल ३२८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार १ सय १४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब करोड १७ लाख ३६ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्