काठमाडाैँ । सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रिय समितिको बैठकका लागि छलफलका एजेण्डाहरु तय गरेको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय समितिका छलफलका एजेण्डाहरु तय गरेको हो ।
बैठकले भ्रातृ संगठनहरुलाई समय थप्नेबारेमा छलफल गरी निर्णय निकाल्ने बताएको छ । काँग्रेसको केन्द्रिय समितिको बैठक सोमवारदेखि शुरु हुँदैछ । केन्द्रिय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
त्यस्तै केन्द्रिय समितिको बैठकमा पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा छलफल हुनेछ । प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने उनले बताए ।
केही भ्रातृ संगठनले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने उनकाे भनाइ छ । उनले संस्थाको आवश्यकताको आधारमा समय दिने बारेमा छलफल हुने बताए । साथै क्रियाशिल सदस्यहरुको स्थितिबारेमा पनि छलफल हुनेछ ।
प्रवक्ता महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टी भन्दा माथि हुने भन्दै पुनः राजनीतिमा सक्रिय हुनेकुरा राम्रो नरहेको बताए । आफूहरुको पार्टीले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्