काठमाडाैँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले अवैधानिक काम काम गरेर पार्टी किन्ने र सांसद भइ सरकार र संसदलाई थर्काउने कुरा गलत भएको बताएका छन् ।
.संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् । शनिवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुप्रति लक्षित गर्दै सांसद खतिवडाले सुमिरे टुर ट्राभल्सले भिजिट भिसाका नाममा अर्बौं रुपैयाँ ठगेको आरोप लगाएका थिए ।
साथै अनियमितता गरेर सांसद बनेर संसदमा आइ थर्काउने काम गरेको आरोप लगाए । जसको जवाफमा आइतबारको बैठकमा रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा नागरिक ठगेको प्रमाण पेश गर्न चुनौति दिए । सुमिरे टुर ट्राभल्स आफ्नो कम्पनी भएको बताएका थिए ।
उनले भने, “उहाँका श्रीमती हुण्डी गर्ने, अवैधानिक काम गर्ने, त्यो नाममा पार्टी किन्ने, किनेर सांसद हुने र यहाँ आएर संसददेखि सरकारलाई थर्काउने कुरा गलत छ । यो गलत कामको छानविन हुनुपर्छ भन्दा उहाँहरु आत्तिनुभएको छ । सरकारले छानविनको प्रक्रिया अघि बढाउनुपर्छ । सुमेरि ट्राभल्समा उहाँहरुले गरेका गतिविधि के छन्, निष्पक्ष छानविन होस् । छानविन गर्नुपर्छ भन्दा आत्तिएको देख्दा दालमा कुच काला है ।”
उनले निष्पक्ष छानविन गर्नुपर्छ भन्दा आत्तिनुले दालमा कुच कालो रहेको स्पष्ट हुने बताए ।
प्रतिक्रिया दिनुहोस्