न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर हुँदै गयोः प्रमुख सचेतक बर्तौला


काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताएका छन् ।

संसदीय सुनुवाई समितिको बैठकमा सोमवार बोल्दै उनले न्यायालयप्रति आम जनताको भरोसा करिव करिव टुट्न खोजेको स्थिति रहेको बताएका हुन् । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई यसबारे तपाईंका योजना के छन् ? भन्दै प्रश्न गरे । न्यायाधीशहरूको भुमिकाहरूप्रति नै आम नागरिकहरूले प्रश्न उठाउने गरेको बताए ।

“पछिल्लो चरणमा न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको छ । कमजोर मात्रै होइन, भरोसा करिव करिव टुट्न खोजेको छ । त्यसमा जिम्मेवार कारण धेरै होलान् त्यसमध्ये एउटा न्यायाधीशहरूको भुमिकाहरूप्रति नै गम्भीर प्रश्न छ,” उनले भने ।

प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरूले कतिपय विषयमा उपलब्ध तथ्य र प्रमाण भन्दा पनि आफू जोगिनको लागि र भीडबाट जोगिने गरी फैसला गर्ने गरेको बताए ।