काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिना (साउनदेखि जेठ) सम्म जीवन बिमा कम्पनीहरूले १ खर्ब रुपैयाँभन्दा बढीको बिमाशुल्क संकलन गरेका छन् ।
नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले १ करोड ३८ लाख ३६ हजार ३७५ ओटा बिमा पोलिसी बिक्री गरी १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ कुल बिमामाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बिमाशुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले ४१ अर्ब २ करोड ४४ लाख लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफले १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।
त्यस्तै एलआइसी नेपालले १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ, हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ, एशियन लाइफले ७ अर्ब ८६ करोड १२ लाख , सिटिजन लाइफले ६ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छन् ।
यसैगरि राष्ट्रिय जीवन बिमा कम्पनीले ९ अर्ब ६४ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड २९ लाख रुपैयाँ गरेका छन् । मेट लाइफले ५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । त्यसैगरी आइएमई लाइफले ४ अर्ब ७२ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्