वैदेशिक रोजगारी बिमा बजारमा सन नेपाल लाइफको दबदबा, ११ महिनामा ९८ करोड ६२ लाख बिमाशुल्क संकलन


काठमाडौँ । वैदेशिक रोजगारी बिमा क्षेत्रमा सन नेपाल लाइफ इन्स्योरेन्सले लगातार अग्रता कायम राख्दै आएको छ।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, सन नेपाल लाइफले साउनदेखि जेठसम्म (११ महिना) को अवधिमा मात्रै ९८ करोड ६२ लाख ६७ हजार रुपैयाँ बिमाशुल्क संकलन गरेको छ।

कम्पनीले यसअघि नै ९ महिना (साउनदेखि चैतसम्म) मा ९८ करोड ५५ लाख ८० हजार रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो भने १० महिनामा उक्त रकम ९८ करोड ६२ लाख ६७ हजारमा पुगेको थियो।

अन्य प्रतिस्पर्धीहरूमध्ये दोस्रो स्थानमा रहेको एसियन लाइफ इन्स्योरेन्सले ८९ करोड ५८ लाख ५० हजार रुपैयाँ बिमाशुल्क संकलन गरेको छ। नेपाल लाइफले २२ करोड ६५ लाख ५५ हजार रुपैयाँ संकलन गर्दै तेस्रो स्थानमा सीमित भएको छ।

समग्रमा, ११ ओटा जीवन बिमा कम्पनी र ३ ओटा लघु जीवन बिमा कम्पनीले वैदेशिक रोजगारी बिमा अन्तर्गत २५ लाख ४० हजार ९५८ बिमालेख बिक्री गरी कुल ३ अर्ब १९ करोड २६ लाख ८८ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

वैदेशिक रोजगारका लागि अनिवार्य बिमा गराउनुपर्ने नीतिगत व्यवस्था पछि यस क्षेत्रको बिमा व्यवसाय विस्तार हुँदै गएको छ। त्यही क्रममा उच्च पहुँच, सेवा प्रवाहको तीव्रता र प्रवासी नेपालीहरूमाझ लोकप्रियता बढाउँदै सन नेपाल लाइफले अग्रता कायम राख्न सफल भएको हो ।