काठमाडौँ । मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टिभीले बहुचर्चित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ ।
यो ऐतिहासिक धार्मिक श्रृङ्खला असार १९ गतेदेखि हरेक बिहवार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुने छ ।
‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृङ्खला हो ।
यसको निर्माण प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले गरेका थिए । यो सिरिज पहिलो पटक सन् १९८७ देखि १९८८ सम्म भारतको डिडी नेसनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत गरिएको यस श्रृङ्खलाको सङ्गीत रविन्द्र जैनले संयोजन गरेका थिए ।
‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शकको सङ्ख्या प्राप्त गर्दै इतिहास रचेको थियो ।
बिबिसीका अनुसार, ‘रामायण’ ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको श्रृङ्खला हो । यस श्रृङ्खलाको पुनःप्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूमा पनि भएको थियो ।
‘रामायण’ ले २०२० मा कोरोना लकडाउनको समयमा पुनः प्रसारण हुँदा एकै दिन ७.७ करोड दर्शक सङ्ख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान राखेको थियो ।
डिशहोमका ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखि डिशहोमले विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु प्रसारण गर्ने गरेको छ ।
यसै क्रममा डिशहोमको ग्राहकहरूले यस ऐतिहासिक र आध्यात्मिक कथा नेपाली भाषामा ‘रमाइलो टिभी’मा हेर्न पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्