काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ९ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ४ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार साहस उर्जाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।
कुल ३१८ कम्पनीको एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्