फिलिपिन्सको अन्तर्राष्ट्रिय सेमिनारमा सात प्रदेशका रैथाने खाना प्रदर्शन (फोटो फिचर)


काठमाडौँ । फिलिपिन्समा हाल भैरहेको अन्तर्राष्ट्रिय सेमिनारमा नेपालको तर्फबाट मौलिक खाद्यान्न प्रवर्धन गर्दै आइरहेको मौलिक भान्साघरले सातवटै प्रदेशका रैथाने खानाको प्रदर्शनी गरेको छ ।

नेपालका मौलिक स्वादहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्यले मौलिक भान्साघरका सञ्चालक सुमन दाहाल र सेफ बाशु सत्याल शुक्रबार फिलिपिन्स प्रस्थान गरेका थिए ।

सांस्कृतिक पहिरनमा सजिएर दाहाल र सत्यालले किनेमा, याङगेन, भक्क्या, बगिया, यमरी, थकाली खाना, भुई वा डिग्री, माडा रोटी, कसार, ढिँडो सेटजस्ता परिकारहरू प्रदर्शन गरेका छन् । ती परिकारको सन्दर्भमा स्थानीय र अन्तर्राष्ट्रिय सहभागीहरूले चासोपूर्वक परिकार अवलोकन र स्वाद ग्रहण गरेका छन् ।

नेपाल सरकार अन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को तर्फबाट राष्ट्रिय खाद्य अनुसन्धान केन्द्रले मनोनयन गरी पठाएका दाहाल र सत्यालले नेपाली खानाको मौलिकता, विविधता र सांस्कृतिक महत्वलाई विश्व सामु प्रभावशाली ढंगले प्रस्तुत गरिरहेका छन्।

जुन २८ देखि सुरू भएर जुलाई २ सम्म फिलिपिन्सको लोस बानोस शहरमा आयोजना भएकाे सो कार्यशालामा नेपाल, श्रीलङ्का र फिलिपिन्सका सेफहरू तथा खाद्य विज्ञहरूको सहभागिता रहेकाे छ ।