नौ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार


काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट ६ खेलाडी तथा समान एक प्रशिक्षक, निर्णायक र चिकित्सकलाई सम्मान गरेको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा सोमवार कुल ९ जना खेलकर्मी राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित भएका हुन् ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मान गरे ।

सबैलाई सम्मानपत्र र नगद एक लाख पुरस्कारबाट सम्मान गरिएको हो ।  खेलाडीतर्पmको पुरस्कारबाट तेक्वान्दोका तीन खेलाडी वीरबहादुर महरा, प्रेमबहादुर लिम्बू र पारा तेक्वान्दोका भरतसिंह महता, कबड्डीका मानमति बिष्ट र अनुजा कुलुङ राई र फुटबलकी दीपा शाही पुरस्कृत भए ।

मानमति र अनुजा चीनमा सम्पन्न १९औं एसियन गेम्समा नेपालका लागि कांस्य पदक विजेता महिला कबड्डी टोलीका सदस्य हुन् । प्रशिक्षकको पुरस्कारबाट पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा पुरस्कृत भए । पेरिसमा सम्पन्न पारालिम्पकमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक दिलाउँदा लामा प्रशिक्षक हुन् ।

निर्णायकतर्पm बक्सिङका धनकुमार मैनाली र चिकित्सकतर्फ डा. राजु डंगोलले पुरस्कृत भए । सोही अवसरमा खेलकुद पत्रकारिता सम्मानबाट नयाँपत्रिकाका खेलपत्रकार श्रीलोचन राजोपाध्याय सम्मान भए । उनी नगद ५० हजार सम्मानपत्रबाट सम्मानित भएका हुन् । 

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारतर्पm कोशी प्रदेशका मुकुन्द घिमिरे र समावेशी महिलातर्पm नमिता दाहाल पुरस्कृत भएका छन् । घिमिरेले बिजमान्डुमा र दाहालले अन्नपूर्णपोस्टमा खेलकुद विधामा कलम चलाउँदै आएका छन् ।

गण्डकी प्रदेशबाट दिननाथ बराल, मधेशबाट सरदचन्द्र भट्टराई, बागमतीबाट विक्रमकुमार बानियाँ,कर्णालीबाट दिनेशकुमार बुढा, सुदूरपश्चिमबाट दिनेशबहादुर विष्ट र समावेशी दलित तर्पmबाट रूपा गहतराजले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरे ।

प्रोत्साहन पुरस्कारतर्फ उनीहरूले सम्मानपत्र र नगद २५ हजार रुपैयाँ प्राप्त गरे । खेलकुदमन्त्री चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राखेप सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मान गरेका थिए ।