शिक्षा विधेयकमा सरोकारवालाहरूले चलखेल गरिरहेका छन्ः सांसद भट्टराई


काठमाडाैँ । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाहरूले चलखेल गरिरहेको बताएकी छन् ।

सोमवार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले सरकार समेत इन्ट्रेस्ट ग्रुपकाे दबाबमा काम गरिरहेको आरोप लगाएकी हुन् ।

विधेयकका सम्बन्धमा मस्यौदा अथवा प्रतिवेदनको पक्षमा उभिनुपर्ने सरकार इन्ट्रेस्ट ग्रुपसँग छलफल गरिरहेको सांसद भट्टराईको आरोप छ । यसरी संसदको गरिमा र मार्यादा बाँकी नरहने उनको भनाइ छ । 

“सरकार कि मस्यौदामा उभिनुर्पयो कि उपसमितिले दिएको प्रतिवेदनको पक्षमा उभिनुर्पयो सरकार हरेक पल इन्ट्रेस्ट ग्रुपले भनेको कुराहरूको पछि लाग्ने हो भने संसदको गरिमामय मर्यादा बाँकी रहन्न । सरकारले कि मस्यौदा कि त प्रतिवेदनमा उभिनुप¥यो । हैन सरकारले यस्तै कुरा गर्ने हो भने मस्यौदामा त ५० आन्तरिक र ५० प्रतिशत खुला पतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्ने कुरा भनेका थियौँ नि । त्यहाँबाट सहमतिका लागि ६० ६० आन्तरिकबाट र ४० खुला प्रतिस्पर्धाबाट भन्ने कुरामा पुगेको हो नि,” उनले भनिन् ।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले सरोकारवालाहरूको दबाबमा ऐन निर्माण गर्ने कुराप्रति आपत्ति  जनाएका छन् ।