काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा मुल्य बढाएको छ । निगमले पेट्रोल प्रतिलिटर ५ रूपैयाँ ,डिजल र मट्टितेलमा प्रतिलिटर ४ रूपैयाँ मूल्य बढाएको हो।
यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति एक हजार लिटरमा ५१ डलर बढाइएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६५ रूपैयाँ, डिलज र मट्टीतेल प्रतिलिटर १४९ रूपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर १२५ रूपैयाँ भएको छ ।
अन्तर्राष्ट्रिय हवाई इन्धन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हकम प्रति एक हजार लिटरको ९ सय ५२ डलर, भैरहवाको हकमा प्रति एकहजार लिटरको हकमा ७ सय ६६ डलर र पोखराको हकमा प्रति एकहजार लिटर ७ सय ८२ डलर कायम गरिएको छ ।
समायोजन भएको मूल्य गएराति १२ बजेपछि लागु भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।
प्रतिक्रिया दिनुहोस्