काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६०३९ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ ।
मंगलबार नेप्सेमा नेपाल इन्फास्टक्चर बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड १६ लाख बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.८७ प्रतिशतले बढेको छ ।
कुल ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्