कुलिङ पिरियडको तोडमोड गम्भीर त्रुटी हो, छानविन होस्ः सभापति खतिवडा


काठमाडाैँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा भएको चलखेलबारे छानविन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् ।

मंगलवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा पत्रकार भेटघाटका क्रममा उनले यस्तो आग्रह गरेका हुन्। राज्य व्यवस्था तथा सुशासन समितिले २०८२ साल जेठ २ गतेका दिन निजामति विधेयक सर्वसम्मतिले पारित गरेको थियो ।

सर्वसम्मत रूपमा निजामति विधेयक पारित गरेको भएपनि संसदबाट पारित हुँदै कुलिङ पिरियडमा चलखेल भएको छ । जसलाई लिएर छानबिन समिति बनाउनुपर्ने माग राजनीतिक दलहरूले गरिरहेका छन् । यो संसमाथिको प्रहार भएको बताउँदै यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरिरहेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको निजामति विधेयकमा राज्य व्यवस्थाले गरिएको कुलिङ पिरियडको सम्बन्धमा संसदमा पेश गर्दा मुल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको सम्बन्धमा रहेको विषय गम्भीर त्रुटी र अक्षम्य घटना भएको बताए । कुलिङ अफ पिरियडलाई राख्नेगरी सच्याउन पनि राष्ट्रिय सभालाई अनुरोध गरे । 

विधेयकमा निजामति कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्षको मिति पूरा नभइ कुनैपनि संवैधानिक र सरकारी नियुक्ति नपाउने व्यवस्था गरिएको छ ।