काठमाडाैँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गत वर्ष असोजमा आएको बाढीबाट ठूलो पाठ सिकेको बताउँदै विपद् जोखिम न्युनिकरण र प्रतिकार्यका लागि आवश्यक तयारी भइरहेको बताएका छन् ।
मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्बाट नगरबासीलाई सुरक्षा प्रदान गर्न महानगरपालिकाले सुरक्षाकर्मीहरूलाई तालिम प्रदान गर्ने तथा उपकरण व्यवस्थापनका कामहरू गरिरहेको बताएका हुन् । यद्यपि केही उपकरण तथा साधन अभाव रहेकाले त्यसतर्फ समेत काम भइरहेको उनको भनाइ छ ।
“गत वर्षको असोजमा गएको बाढीबाट हामीले ठूलो पाठ सिक्यौँ । यस्ता विपद्बाट नगरबासीहरुलाई सुरक्षा प्रदान गर्नको निमित्त ललितपुर महानगरपालिकाले गर्नुपर्ने धेरै कामहरू बाँकी नै छन् भनेर हामीले लेसन लर्न गर्यौं । सोहीअनुसार हामीले विभिन्न किसिमको तालिमहरु र उपकरणको पनि हामीले व्यवस्थापन गरेका छौँ । अझै कम भउको उपकरण र साधनहरुको व्यवस्थापन गर्न गइरहेका छौँ । विपद् व्यवस्थापनको सवालमा मुलुकका सात सय ५३ वटा स्थानीय तहहरुमध्ये ललितपुर महानगरपापलका सबैभन्दा अब्बल छ भन्ने गरेको थिए,”उनले भने ।
विपद् व्यवस्थापनको सवालमा मुलुकका ७५३ स्थानीय तहहरुमध्ये ललितपुर महानगरपालिका अब्बल भएपनि आवश्यक पूर्वतयारी गर्न नसक्दा गतवर्षको विपद्को प्रतिकार्य गर्न नसकिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्