नेपाल एयरलाइन्सलाई थप व्यवसायीक र प्रतिष्पर्धी बनाउँछौँः मन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक सम्पदा संरक्षणदेखि नेपाल एयरलाइन्स सुधारसम्मका विषयलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले  ऐतिहासिक र पुरातात्विक महत्वका मस्जिदहरूको मर्मत तथा संरक्षणका लागि समेत बजेट विनियोजन गरिएको बताएका हुन् ।

उनले सबै धर्मावलम्वीका प्रतिकहरूको संरक्षणमा उचित ध्यान दिने प्रतिवद्धता समेत व्यक्त गरे । उनले नेपाल एयरलाइन्सलाई प्रतिष्पर्धी र व्यवसायिक संस्था बनाउन व्यवस्थापनमा सुधार र विमान संख्या थप गर्ने कार्यमा प्राथमिकता दिइएको पनि बताए ।

“मस्जिद र चर्च निर्माण तथा मर्मतको सम्बन्धमा पुरातात्पिक महत्वका मस्विजदहरुमा बजेट विनियोजन भएको म जानकारी गराउन चाहान्छु । चर्च लगायत सबै धर्मावलम्बीहरूका आशाका प्रतिकहरूको संरक्षण उचित ध्यान दिने प्रतिवद्धता व्यक्त गर्दछु ।  नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र व्यवसायीक संस्थामा रुपान्तरण गर्न व्यवस्थापन सुधार, विमानहरुको संख्या थप लगायतका कार्यहरुमा प्राथमिकता दिई कार्य अगाडि बढाइएको व्यहोरा जानकारी गराउन चाहन्छु,”उनले भने ।

पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड, मन्त्रालय, निजी क्षेत्र, कुटनीतिक नियोग र नेपाली डायस्पोरा लगायतको सहकार्य र समन्वयमा काम गरिरहेको उनको भनाइ छ ।