काठमाडौँ। सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
सुनचाँदीका गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले बिहिबार पनि काठमाडौँमा पसल बन्द गरेर प्रदर्शन गरेका हुन् ।
बजेटमा अव्यावहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागु गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज हुनुपर्ने माग उनीहरूकाे छ ।
अनुप प्रधान/ न्युज एजेन्सी नेपाल


























प्रतिक्रिया दिनुहोस्