काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।
अर्थमन्त्रीको उक्त प्रस्ताव बहुमतले पारित गरेको हो । आर्थिक विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ ।
प्रतिक्रिया दिनुहोस्