काठमाडौं । नेपाली काँग्रेसका सांसद राजन केसीले बाफियामा बैंक तथा वित्तीय संस्थाको १ प्रतिशत शेयर भएको व्यक्तिले समग्र बैंकिङ प्रणालीबाटै कर्जा लिन नपाउने प्रस्ताव व्यवहारिक नभएको बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन(बाफिया)मा भएको छलफलमा सांसद केसीले लगानीको सीमा २ प्रतिशत बनाउनुपर्ने बताए । ।
उनकाअनुसार बाफियाले अर्थतन्त्रलाई चलायमान गर्ने गरी नियमनलाई प्राथमिकता दिनुपर्छ । सांसद केसीले भने –‘आफू डाइरेक्टर भएको बैंकबाट ऋण लिन नपाउने अहिले व्यवस्था नै छ । तर कुनैपनि बैंकबाट ऋण लिन नपाउने व्यवस्था राखिनु हुँदैन । धेरै कडाइ गरिँदा झन् समस्या आउन सक्छ । अर्थतन्त्र चलायमान छैन । निजी क्षेत्र प्रभावित हुने व्यवस्थाहरु राखिनु हुँदैन ।’
बैंकहरु अर्थतन्त्र चलायमान गर्ने रहेकाले यो सम्बन्धि कानून बनाउँदा विशेष ख्याल गर्नुपर्ने केसीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्