काठमाडौँ । कारोबारको राफसाफ समयमै नगरेको आरोपमा सिप्ला सेक्युरिटिज कारबाहीमा परेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सिडिएस एन्ड क्लियरिङ लिमिटेडको पत्रको आधारमा तीन दिनका लागि कारोबार निलम्बन गरेको हो ।
कारोबार भएको दिनपछि दुई दिनभित्र राफसाफ गर्नुपर्ने हुन्छ तर सिप्लाले हेलचक्रायाँइ गरेको आरोप लागेको छ ।
नेप्सेका अनुसार सिफ्ला सेक्युरिटिजले तोकिएको समायावधिभित्र राफसाफ तथा फछ्र्यौट कार्य गरेको छैन । सिप्लाको भोलीदेखि ३ दिनसम्म कारोबार निलम्बन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्