काठमाडाैँ । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको रिले अनसन जारी रहेको छ ।रत्नपार्कमा २१ दिनदेखि नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको रिले अनुसन जारी राखेको हो ।
उनीहरूले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीमा विलासिता कर र १३ प्रतिशत भ्याट लगाउने बताएको छ ।
समितिले यसले व्यवसायीहरुलाई धेरै मर्का पर्ने बताएको छ । उनीहरुले कानून बमोजिम नगद सरह सम्पतीको व्यवस्था कार्यान्वयन गर्न, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्न, कोटा प्राणली खारेज गरी २५,५० र १०० ग्रामका सुनका टुक्राहरू पान नम्बर र कर चुक्ताका आधारमा गहना उत्पादक तथा कालीगढ र आम व्यवसायीहरुले आफ्नै क्षेत्रमा सहज रूपमा खरिद गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
उपभोक्ता, कर्मचारी, कालीगढ तथा व्यवसायीमैत्री ऐन कानून निर्माण गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्