काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेड बिच शेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौता भएको छ ।
अप्पर स्याङ्गे हाईड्रोपावरकोे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक विर बहादुर घलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्