काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जाजरकोट भूकम्पपीडितको पुनःस्थापना तथा पुनर्निर्माणमा सरकारले देखाएको ढिलासुस्तीप्रति आपत्ति जनाएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले भूकम्पले चर्काएका घर वर्षाका कारण थप जोखिममा परिरहेको अवस्थामा समेत सरकारले ‘डिडीएको नाममा’ पुनःनिर्माण प्रक्रिया लम्ब्याएको आरोप लगाएका हुन्।
उनले भूकम्पले क्षतिग्रस्त बनाएका कुनै पनि घरहरु अब बस्नयोग्य नरहेकाले ती सबै घरहरूको तत्काल पुनर्निर्माण आवश्यक रहेको बताए ।
उनले भने, “पुनःनिर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गरियोस्। जोखिमयुक्त बस्तिहरुको पुर्नस्थापना सुनिश्चित गरियोस्। भूकम्पपीडित नागरिकको सम्मानजनक पुनःस्थापना गरियोस्।”
उनले भूकम्प प्रभावित क्षेत्रमा तत्काल र प्रभावकारी रूपमा पुनःनिर्माण प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराउनु पर्ने आवश्यकता रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्