देशको विकास वाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने होः प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन् ।

सोमवार काठमाडौँमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताएका हुन् ।

उनले नेपाल पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश भएको जिकिर गरे । अरूले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने बताए । 

“पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश नेपाल हो । कामकै लागि तीन मिलियन मान्छे बाहिर छन् । कामकै लागि गएका छन् । काम गर्ने जाति हो भनेर स्थापित छन् । अरूले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश सबैभन्दा ठूलो जनसंख्या, भूगोल भएको देश हो,” उनले भने ।