काठमाडौँ । छिमेकी राष्ट्र चीनमा आएको अबिरल वर्षा र बाढीका कारण नेपाल चीन नाका जोड्ने मितेरी पुलदेखि रसुवा जिल्लामा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाले सार्वजनिक गरेको हालसम्मको प्रारम्भिक क्षति विवरण अनुसार नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रुपमा क्षति भएकाले आवगमन बन्द छ भने नजिकैको इभी चार्जिङ स्टेशनमा क्षति पुग्दा ७ देखि ८ वटा इभी गाडि बगाएको छ ।
अबिरल वर्षा र बाढीका कारण गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ पासाङल्हामु सडकखण्डस्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो चर्केको कारण आवगमन रोकिएको छ ।
बाढीले रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको जनाइएको छ ।

सम्बन्धित समाचारः
प्रतिक्रिया दिनुहोस्