भक्तपुरको रायोको सागमा भेटियो विषादी, खान अयोग्य ठहर


काठमाडौँ । भक्तपुरमा उत्पादित रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको कारण खान अयोग्य ठहरिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भक्तपुरमा उत्पादित रायोको सागमा कार्वामेट नामक कीटनाशक विषादीको मात्रा खतरनाक रूपमा उच्च रहेको पाइएको छ।

समितिले १७ वटा पसलको तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा रायो सागमा ८२.७८२३ प्रतिशत रोकावट कार्वामेट विषादीको मात्रा भेटिएको हो ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य ३५ देखि ४५ प्रतिशतसम्म केहिदिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।