काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ०.१४ प्रतिशत घटेर २६८३.८६ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
मंगलबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५१ करोड ६७ लाख बढिको कारोबार भएको हो ।
आजको दिन बुटबल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.२१ प्रतिशतले बढेको छ ।
कुल ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३ सय ७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्