काठमाडाैँ । हेमबहादुर मल्ल सम्मान यस वर्ष पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
मंगलवार काठमाडौँमा नेपाल जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएको हो ।
न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याएको योगदानको लागि उनलाई सम्मान गर्न लागिएको पत्रकार सम्मेलनमा नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले बताए । सो अभिनन्दपत्रसहित नगद दुई लाखले उनलाई असार २६ गते बिहीवार सम्मान गरिने बताए । श्रेष्ठ नेपालको २५ औं प्रधानन्यायाधीश हुन्।
प्रतिक्रिया दिनुहोस्