भोटेकोशी–सुनकोशी नदी आसपासमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह


काठमाडाैँ । चीनको तिब्बत क्षेत्र न्यालममा भइरहेको अविरल वर्षाका कारण भोटेकोशी र सुनकोशी नदीमा बाढीको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै चिनियाँ अधिकारीहरूबाट प्राप्त जानकारी अनुसार आज राति न्यालम क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले नदी किनार आसपासका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

“भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम हुन सक्ने भएकाले स्थानीयवासीहरू सतर्क रहनुहोस्,” सूचनामा भनिएको छ ।