काठमाडौँ । सरकार र नेपाल चिकित्सक संघबिच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो ।
स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबिच भएको छलफलपछि सहमति जुटेको हो । आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न विद्यमान कानूनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा सुझावसहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको छ।
केहि दिन यता उपभोक्ता अदालतको चिकित्सकीय लापरबाहीसम्बन्धी गरेको एक फैसलाविरुद्ध चिकित्सकहरूको काम नै ठप्प पारेर आन्दोलनमा उत्रेका थिए। गत असार १७ गतेदेखि चिकित्सकहरूले देशभर कालो पट्टी हाँधेर विरोध प्रदर्शन गरिरहेका थिए। हिजो र आज देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए।
प्रतिक्रिया दिनुहोस्